६ आश्विन २०८३, मंगलबार । September 22, 2026

ओलीको विवादास्पद भनाइको बचाउमा एमाले (प्रेस विज्ञप्ति सहित )


१० चैत्र २०८१, सोमबार  

534
Shares

काठमाडौं। एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद भनाइको बचाउ गरेको छ ।

ओलीको विवादास्पद अभिव्यक्तिको बचाउ गर्दै, विभिन्न सञ्चारमाध्यममा आएको भारत र पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्बोधन गरेको समाचारको खण्डन गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै ओलीको भनाइलाई अतिरञ्जित र आधारहीन रहेको बताएका छन्। उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अस्वीकार गर्दै भनेका छन् कि ती समाचारले अनावश्यक सनसनी फैलाउने र नेपाल र भारतबीचको शताब्दी पुरानो मित्रता र सम्बन्धमा शंका उत्पन्न गराउने प्रयास गरेको छ।

महासचिव पोखरेलले विज्ञप्तिमा भनिएका कुराहरूमा असन्तुष्टि जनाउँदै, पार्टीको आधिकारिक धारणा स्पष्ट पारेका छन्। उनले भने, “नेपालको संविधान र हामीले अंगीकार गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम निर्णय हो। कुनै पनि लोकतान्त्रिक मुलुक वा जनता लोकतन्त्रको सट्टा निरंकुशतन्त्रलाई समर्थन गर्न तयार हुँदैनन् भन्नेमा हामी प्रष्ट छौँ।”

पोखरेलले यो पनि बताएका छन् कि एमाले र यसको नेतृत्वमा रहेको वर्तमान सरकार नेपाल-भारतको सम्बन्धलाई थप मजबुत बनाउन, कुनै समस्या भए कूटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अघि बढाउन प्रतिबद्ध छ। उनले पार्टीको आधिकारिक धारणा बुझ्न मिडियालाई आग्रह गर्दै भने, “परराष्ट्र नीति र बाह्य सम्बन्धजस्ता संवेदनशील विषयमा कुनै समाचार वा टिप्पणी प्रकाशन गर्नुअघि हाम्रो पार्टीको आधिकारिक धारणा बुझ्न महत्वपूर्ण छ।”

यस विज्ञप्ति को प्रतिक्रिया प्रधानमन्त्री ओलीले केही सञ्चारमाध्यममा आफ्नो सरकार परिवर्तन गर्न भारतको कूटनीतिक पहल भइरहेको र त्यसको जवाफ दिने चेतावनी दिएका भन्ने समाचारपछि आएको हो। पोखरेलको विज्ञप्ति यी समाचारको खण्डन गर्दै, सरकार र पार्टीको प्रतिबद्धता प्रष्ट गर्दै अघि बढेको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा