१५ चैत्र २०८१, शनिबार । March 29, 2025

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै



काठमाडौं । तीन प्रमुख दलका नेताहरु नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका बीच आज एक महत्वपूर्ण बैठक हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको यो बैठक सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ।

प्रधानमन्त्री ओलीका अनुसार बैठकमा प्रमुखतया संक्रमणकालीन न्याय (टीआरसी) विषयमा छलफल हुनेछ। यसअघि, माओवादी केन्द्रकी सांसद विमला सुवेदीले प्रतिनिधि सभा बैठकमा टीआरसीको बारेमा प्रश्न गर्दा, प्रधानमन्त्री ओलीले प्रचण्डसँगको सम्पर्कमा रहेको तर बारम्बार प्रयास गर्दा सम्पर्क नजोडिएको जानकारी दिएका थिए।

यस बैठकमा राप्रपा लगायत राजावादी दलहरुले फैलाएको गतिविधिहरू र गणतन्त्रको रक्षा गर्ने दलहरूको भूमिकाका विषयमा पनि गम्भीर छलफल हुने संकेत गरिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राष्ट्रपति पौडेलको उपस्थितिमा घोडेजात्रा सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली

“पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने, राजा भए के गर्लान्?”: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अहिले एकढिक्का

पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

काठमाडौँ । तीनकुनेमा हिजो भएको हिंसा क्रममा निधन भएका पत्रकार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारको राजावादी प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर

बुटवलमा पत्रकार रजकको हत्या विरोधमा प्रदर्शन

बुटवल। एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या विरोधमा बुटवलमा विरोध