८ चैत्र २०८२, आइतबार । March 23, 2026

ऊर्जामन्त्रीलाई महावीरको सुझाव: कुलमान जस्तै काम गर, नत्र माफी माग


८ चैत्र २०८१, शनिबार  

93
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको कडा आलोचना गर्दै माफी माग्नका लागि सुझाव दिएका छन्।

पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, “यदि ऊर्जामन्त्री ज्यू कुलमान घिसिङको जस्तो जनताको चित्त बुझाउने काम गर्न सक्नुहुन्न भने माफी माग्नुहोस्, जनताले तपाईंलाई माफी दिन्छन्” भन्ने बताएका छन्। उनले थपेका छन्, “२१औं शताब्दीमा विद्युत् नै एक मात्र शक्ति हो, जसले कुनै पनि राष्ट्रको विकास र अस्तित्वको रक्षा गर्छ। विद्युत् नहुँदा राष्ट्र कस्तो अवस्थामा पुग्ला भनेर एक पल्ट कल्पना गर्नुहोस्।” पुनले मन्त्री खड्काको कार्यशैली र भ्रष्टाचारको आरोप लगाउँदै, “वर्तमान ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभी व्यक्तिले देशलाई कति नोक्सान पुर्याएको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ” भनेका छन्।

यसको अलावा, मन्त्री खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीचको तनाव पनि चर्किरहेको छ। मन्त्री खड्का, घिसिङलाई हटाउन चाहन्छन् र यसै सन्दर्भमा महावीर पुनले माफी माग्नको सुझाव दिएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ९ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो