१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

राजतन्त्र भूत हो, यो केवल भ्रमको संसार हो: डा. भट्टराई



जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा कडा बयान गर्दै राणा र राजाहरूको पालामा भ्रष्टाचार अहिलेको तुलनामा तीन गुणा बढी भएको दाबी गरे। उनले भने, “त्यतिबेला भ्रष्टाचार धेरै थियो, तर तिनका गलत कार्यहरू जनतासम्म पुग्न दिइँदैनथे।”

उनले ती पालामा जनतालाई शिक्षा र अन्य आधारभूत सुविधाबाट बञ्चित राखिएको र सत्ता सुरक्षित राख्नका लागि राजाले शिक्षा सीमित व्यक्तिहरूसम्म मात्र पुर्याएको बताए। डा. भट्टराईले थपे, “राजतन्त्र भूत हो, यो केवल भ्रमको संसार हो जसको वास्तविकतासँग कुनै सम्बन्ध छैन।”

उनले लोकतन्त्रको महत्व र भविष्यमा जनतालाई छल गर्न कठिन हुने कुरा पनि उल्लेख गरे। “अब जनताले मात्र नेताहरू छान्ने होइन, सक्षम र विकल्पयुक्त सोच भएका नयाँ नेताहरूको चयन गर्नुपर्छ,” डा. भट्टराईले भने। अन्त्यमा, उनले राजतन्त्रलाई फर्काउने र पञ्चायती शासन ल्याउने सपना देख्ने नेताहरूको आलोचना गर्दै, “सत्ताको भोकले तिर्खाएका नेताहरूले सत्य स्वीकार गर्नुपर्छ,” ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  २ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष