१ माघ २०८२, बुधबार । January 15, 2026

अन्तरजातीय विवाह गरेका २८ दम्पतीलाई नगदसहित सम्मान



म्याग्दी (बेनी) । पर्वत जिल्लाको जलजला गाउँपालिकाले ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ का अवसरमा अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई नगदसहित सम्मान गरेको छ।

गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित विशेष कार्यक्रमका क्रममा हरेक अन्तरजातीय विवाह गरेका दम्पतीलाई नगद रु. पाँच हजारका साथ सम्मान गरिएको हो। यस कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य लगायतका प्रमुख अतिथिहरूले दम्पतीलाई सम्मान गरे।

गाउँपालिका अध्यक्ष आचार्यले भने, “जातीय भेदभाव हटाउँदै समाजमा रुपान्तरण ल्याउन अन्तरजातीय विवाह गरेका व्यक्तिहरूको योगदान महत्वपूर्ण छ। यद्यपि कानूनी दृष्टिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरिएको भए तापनि सामाजिक कुरीतिहरू अझै कायम रहेका छन्, त्यसैले समाजमा उदाहरण प्रस्तुत गर्ने यी जोडीलाई सम्मान गरिएको हो।”

गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाईले यो सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिन्।

गाउँपालिकाले पालिकाभित्रका सबै वडामा दलित र गैरदलित बीचका विवाह भएका जोडीहरूको विवरण सङ्कलन गरेर यस सम्मान कार्यक्रमको आयोजना गरेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए। उनले थपे, “यस वर्षको अवसरमा कक्षा ८, १० र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने दुई-दुई दलित विद्यार्थीलाई नगद रु. तीन हजारसहित सम्मानित गरिएको छ।”

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले