काठमाडौं। आज पनि शेयर बजारमा गिरावट आएको छ, र यो साता कारोबारको लगातार पाँचौँ दिन हो, जब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
आज नेप्से परिसूचक १२.८४ अङ्कले घटेर २,६६९.३१ को विन्दुमा कायम भएको छ। आज तीन सय १२ कम्पनीका ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री भएका छन्, जसमा कुल कारोबार रु ४ अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ रहेको छ ।
आज ६२ कम्पनीका शेयर मूल्य बढे, १७५ कम्पनीका शेयर मूल्य घटे र सात कम्पनीको शेयर मूल्य स्थिर रह्यो। व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ, भने डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य ०.९० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया