५ चैत्र २०८१, बुधबार । March 19, 2025

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा



सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल पदयात्रामा निस्किएको छ ।

काठमाडौँबाट ताप्लेजुङ पुगेर यात्रा सुरु गरेको यात्रा १७ जिल्ला जोड्ने पदमार्ग पार गर्दै एक सय दिनमा दार्चुला पुगेर यात्रा टुंग्याउने छ । आन्तरिक पर्यटनमा टेवा पुर्याउने तथा राष्ट्रव्यापी भ्रमणको अनुभव बटुल्ने उद्देश्यका साथ पदयात्रा सुरु गरेको टोलीको नेतृत्व गरेकी माया गुरुङले जानकारी दिइन् ।

महिलाको टोलीलाई सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा स्वागत र बिदाई गरिएको छ । सदरमुकाम फुङलिङका केही होटल व्यवसायीले होटल प्यारीजमा स्वागत तथा बिदाई गरेका हुन् । टोलीले सोमबारदेखिनै ट्रेल रुटमा पर्ने कञ्चनजंघातर्फ यात्रा सुरु गरेको छ । सोमबार तापेथोकको सेकाथुमसम्म गाडीमा र त्यसपछि ट्रेकिङ सुरु गरेको थियो ।

टोलीमा १९ देखि ४३ वर्षका महिला छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर