६ आश्विन २०८३, मंगलबार । September 22, 2026

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ


४ चैत्र २०८१, मंगलबार  

39
Shares

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय कुसान लामा ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् । उनलाई टोखा नगरपालिका–१ स्थित झोर क्षेत्रबाट सोमबार राति पक्राउ गरिएको हो । प्रहरीले गोप्य सूचनाको आधारमा ना ७ ख १६७२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई, ट्रकमा लुकाइ छिपाइ राखिएका अमेरिकी डलर र यूरो बरामद गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार, लामा सँग २५ करोड १ लाख ६ हजार ३३८ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको जानकारी दिएका छन्। ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ राखिएको थियो। प्रारम्भिक अनुसन्धानले लामा चालक र भरियाका रूपमा काम गर्दै आएको खुलासा गरेको छ। तर, उनले बरामद गरिएको रकमको मालिकको बारेमा कुनै जानकारी दिएका छैनन्।

अघिल्लो समय लामा सुन तस्करी प्रकरणमा पनि पक्राउ परिसकेका थिए र उनले सात किलो सुन तस्करी गरेको अभियोगमा कारावास भोगेका थिए। यस पटक उनलाई राजश्व विभाग हरिहर भवन पठाइएको छ र थप अनुसन्धान जारी रहेको एसएसपी बस्नेतले बताएका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ४ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा