१ श्रावण २०८२, बुधबार । July 16, 2025

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ



काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय कुसान लामा ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् । उनलाई टोखा नगरपालिका–१ स्थित झोर क्षेत्रबाट सोमबार राति पक्राउ गरिएको हो । प्रहरीले गोप्य सूचनाको आधारमा ना ७ ख १६७२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई, ट्रकमा लुकाइ छिपाइ राखिएका अमेरिकी डलर र यूरो बरामद गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार, लामा सँग २५ करोड १ लाख ६ हजार ३३८ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको जानकारी दिएका छन्। ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ राखिएको थियो। प्रारम्भिक अनुसन्धानले लामा चालक र भरियाका रूपमा काम गर्दै आएको खुलासा गरेको छ। तर, उनले बरामद गरिएको रकमको मालिकको बारेमा कुनै जानकारी दिएका छैनन्।

अघिल्लो समय लामा सुन तस्करी प्रकरणमा पनि पक्राउ परिसकेका थिए र उनले सात किलो सुन तस्करी गरेको अभियोगमा कारावास भोगेका थिए। यस पटक उनलाई राजश्व विभाग हरिहर भवन पठाइएको छ र थप अनुसन्धान जारी रहेको एसएसपी बस्नेतले बताएका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ४ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश