३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा



बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ।

चैत ९ र १० गते हुने जिल्ला अधिवेशनका लागि मुल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारीहरूको समीक्षा गरिएको हो। बैठकले जिल्लाको नयाँ कमिटी ५१ सदस्यीय बनाउने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। साथै, अधिवेशनको अन्य तयारीको सिलसिलामा चैत ७ गते पत्रकार सम्मेलन आयोजना गर्ने निर्णय पनि कार्यवाहक अध्यक्ष श्रीराम यादवले जनाएका छन्।

पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्द्रीय सदस्य भवगती घिमिरे र बाबुलाल यादव पनि उपस्थित थिए। बैठकको क्रममा पाँचवटा उपसमितिका संयोजकहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए, भने उपसचिव टंक पोखरेलले बैठकको जानकारी दिएका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के

रुस-युक्रेन युद्धः ट्रम्प-पुटिन भेट बिना प्रगति नहुने कूटनीतिज्ञको दाबी

एजेन्सी । टर्कीको इस्तानबुलमा तय गरिएको युक्रेन-रुस शान्ति वार्तालाई लिएर