४ असार २०८३, बिहिबार । June 18, 2026

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय


३० फाल्गुन २०८१, शुक्रबार  

21
Shares

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५ गते राजधानी काठमाडौंमा एक भव्य जनसभा आयोजना गर्ने योजना बनाएको छ।

मोर्चाको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जनसभा भव्य बनाउने र हजारौं जनताको सहभागिता सुनिश्चित गर्ने उद्देश्य रहेको जानकारी दिएका छन्। उनले भने, “यो प्रदर्शन निकै ठूलो हुने छ, जसले प्रतिगामी कदम र हर्कतलाई नकारात्मक प्रभाव पार्नेछ। हामीले १५ गतेको कार्यक्रमलाई सफल बनाउन सबै तयारी पूरा गर्ने निर्णय गरेका छौं।” साथै, संसदवादी दल र अन्य दलहरूसँग छलफल गर्न, गणतन्त्रको रक्षा र समाजवादतर्फको यात्रा सुनिश्चित गर्न छलफल गर्ने कुरा पनि बैठकमा निर्णय भएको छ।

साथै, मोर्चाले प्रदर्शनको तयारीका लागि भोलि बिहान ११ बजे बुद्धिजीवी र नागरिक समाजसँग परामर्श बैठक आयोजना गर्ने निर्णय गरेको छ। दिउँसो २:३० बजे पत्रकार सम्मेलनको पनि आयोजना गरिनेछ। कुपण्डोल स्थित हिमालयन होटेलमा दुवै कार्यक्रम हुनेछन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा