३० आश्विन २०८३, शुक्रबार । October 17, 2026

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा


२१ फाल्गुन २०८१, बुधबार  

126
Shares

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

च्याम्पियन्स ट्रफी अन्तर्गत मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतसँग पराजित भएसँगै उनले सन्यास घोषणा गरेका हुन् । १ सय ७० वटा एकदिवसीय खेल खेलेका स्मिथले ४३ दशमलव ३ को औसतमा पाँच हजार आठ सय रन बनाए। उनको टेष्ट खेलको औसत भने ५६ दशमलव ७ रहेको छ ।

१ सय १६ वटा टेष्ट खेलेका उनले १० हजार २ सय ७१ रन बनाएका छन्। यसका साथै उनले वान डे करिअरमा २८ विकेट पनि लिएका छन् । स्मिथ २०१५ र २०२३ आईसीसी एक दिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टिमका सदस्यसमेत हुन् ।

२०१५ मा उनलाई अन्तर्राष्ट्रिय एक दिवसीय टिमको कप्तान बनाइएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि