२७ बैशाख २०८३, आइतबार । May 11, 2026

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा


२१ फाल्गुन २०८१, बुधबार  

126
Shares

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

च्याम्पियन्स ट्रफी अन्तर्गत मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतसँग पराजित भएसँगै उनले सन्यास घोषणा गरेका हुन् । १ सय ७० वटा एकदिवसीय खेल खेलेका स्मिथले ४३ दशमलव ३ को औसतमा पाँच हजार आठ सय रन बनाए। उनको टेष्ट खेलको औसत भने ५६ दशमलव ७ रहेको छ ।

१ सय १६ वटा टेष्ट खेलेका उनले १० हजार २ सय ७१ रन बनाएका छन्। यसका साथै उनले वान डे करिअरमा २८ विकेट पनि लिएका छन् । स्मिथ २०१५ र २०२३ आईसीसी एक दिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टिमका सदस्यसमेत हुन् ।

२०१५ मा उनलाई अन्तर्राष्ट्रिय एक दिवसीय टिमको कप्तान बनाइएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा