३ आश्विन २०८३, शनिबार । September 19, 2026

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ


१९ फाल्गुन २०८१, सोमबार  

57
Shares

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ अफिम सहित युवकलाई पक्राउ गरेको हो । जिल्ला धादिङ गजुरी नगरपालिका –४ बस्ने बर्ष २६ को राजन चेपाङलाई पक्राउ गरिएको प्रहरी चौकी पथलैयाका प्र.स.नि.अमृत मैनालीले जानकारी दिए ।

उनका अनुसार धादिङबाट वीरगंज तर्फ जादै गरेको प्र ०३–०३–००१ प ५२७३ नम्बरको मोटरसाईकल शंकास्पद लागि रोकी चेकजाँच गर्दा अफिम फेला परेको हो । मोटरसाईकलमा लुकाई छिपाई कालो झोलामा ३ वटा गोला बनाएर राखिएको अवस्थामा बरामद गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सवारी रोकी चेकजाँच गर्दा लागूऔषध अफिम सहित चेपाङलाई पक्राउ गरिएको हो ।

लागूऔषध अफिम सहित पक्राउ परेका चेपाङलाई आवश्यक कानूनी प्रक्रियाको लागि अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ