३ आश्विन २०८३, शनिबार । September 19, 2026

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार


१८ फाल्गुन २०८१, आइतबार  

51
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ ।

आइतबार (आज) सेयर बजार परिसूचक (नेप्से) ७५ दशमलव २४ अंकले बढेर २ हजार ८ सय ९० दशमलव २८ को विन्दुमा पुगेको छ । आइतबार ३०२ कम्पनीका एक लाख ३९ हजार ५९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १४ अर्ब २५ करोड चार लाख ७५ हजार रुपैयाँ रहेको छ ।

१९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्डमा झिनो गिरावट आउँदा बाँकी हरियाली छन् । समूहगत रूपमा म्यानुफ्याक्चर, लाइफ इन्स्योरेन्स, होटल र फाइनान्स समूहमा ४ प्रतिशत माथिको वृद्धि देखियो ।

म्युचुअल फन्डमा गिरावट आउँदा अन्य सेक्टरमा पनि नेप्सेकै औसतमा वृद्धि भएको छ । हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र गर्डियन माइक्रो लाइफ इन्स्योरेन्समा १० प्रतिशतको वृद्धि देखिँदा एनआरआईसी र एचआरएलमा सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ