१ माघ २०८२, बुधबार । January 14, 2026

हिमपातका कारण बन्द नाग्म–गमगढी सडक अझै खुल्न सकेन



मुगु । गएको शुक्रबार रातीबाट परेको अबिरल बर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

जुम्लाको भुलभुलेदेखि मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन् । बाक्लो हिउँ जमेकोले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिउँले सडक बन्द भएपछि राराताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू अलपत्र परेका हुन् ।

मालसामाना, खाद्यान्न, निर्माण सामग्री र यात्रु बोकेका १५ वटा गाडी दुई दिनदेखि बीचमै रोकिएको यात्रु शिवचन्द्र कार्कीले बताए । हिमपातले बन्द सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग सहकार्य गरि जेसिभीले हिउँ पन्छाउने काम भइरहेको छ । सडकभरी हिउँ परेको छ भने रुख ढलेर थप समस्या आएको छ ।

सकभर आज बेलुकीसम्म हिउँपातले बन्द सडक खुलाउने तयारी भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले