४ असार २०८३, बिहिबार । June 18, 2026

हिमपातका कारण बन्द नाग्म–गमगढी सडक अझै खुल्न सकेन


१८ फाल्गुन २०८१, आइतबार  

30
Shares

मुगु । गएको शुक्रबार रातीबाट परेको अबिरल बर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

जुम्लाको भुलभुलेदेखि मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन् । बाक्लो हिउँ जमेकोले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिउँले सडक बन्द भएपछि राराताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू अलपत्र परेका हुन् ।

मालसामाना, खाद्यान्न, निर्माण सामग्री र यात्रु बोकेका १५ वटा गाडी दुई दिनदेखि बीचमै रोकिएको यात्रु शिवचन्द्र कार्कीले बताए । हिमपातले बन्द सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग सहकार्य गरि जेसिभीले हिउँ पन्छाउने काम भइरहेको छ । सडकभरी हिउँ परेको छ भने रुख ढलेर थप समस्या आएको छ ।

सकभर आज बेलुकीसम्म हिउँपातले बन्द सडक खुलाउने तयारी भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा