२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आजको मौसमः सक्रिय बन्दै न्यून चापीय प्रणाली, कहाँ- कहाँ छ बर्षा र हिमपातको सम्भावना ?


१६ फाल्गुन २०८१, शुक्रबार  

669
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली सक्रिय बन्दै गएको छ ।

जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ