८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन १६ गते शुक्रबारको तपाईँको राशिफल


१६ फाल्गुन २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते शुक्रबार ।

तदनुसार २०२५ फेब्रुअरी २८ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः२९ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०३ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कमिकमजोरी र असफलताहरु पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोला । लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउन सकिनेछ । बौद्धिक सार्मथ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन् । मित्रताका वा साझेदारीका लागि अनुकूल समय रहेको छ । आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्वपूर्ण मानिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो । कार्यक्षत्रमा व्यस्त रहँदा जीवनसाथिको इच्छाअनुसार समय निकाल्न सकिँदैन । मुख चलाएर काम गर्ने पेसाना मानिसहरु जस्तैः वकिल, शिक्षक, प्रवचनकर्ता, पण्डित, पत्रकार आदिले राम्रो गर्नसक्ने देखिन्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ । नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्ने प्रयास गर्नुहोला । प्रेमिकासँग कतै घुमघाम वा किनमेलमा जाने अनुकुल समय रहेको छ । प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ । मनको कुरा बाहिर व्यक्त गर्न नसकिएला । वकिल, शिक्षक र प्रवचनकर्ता जस्तो पेशामा भएकाले राम्रो गर्नसक्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन भावुक र चञ्चल बन्नसक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन हो । जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक होला । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो । बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नु ठीक होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झैझगडा वा विवादबाट टाढा बसेको जाति होला । अर्काको काम वा बिषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने हुनसक्छ । प्रतिष्पर्धा वा परिक्षामा सफल भइने छ । राम्रो नतिजाको चाहना छ भने गोप्य ढंगले तयारि गरेको राम्रो होला । सानातिना विवादको व्यवास्ता गर्दै अघि बढ्नुहोला । शत्रु र प्रतिष्पर्धीसँग सतर्क रहने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुहोला । असाध्यै खर्चालु समय रहेको छ । शंका बढ्ने भएकाले दाम्पत्य सम्बन्ध पनि खासै सुमधुर देखिदैन । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र विवेकको प्रयोग गरि लक्ष्यमा पुग्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । मानसिक अस्थिरताको समय रहेको छ । मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ । असाध्यै दौडधुप गर्नुपर्ने समय रहेको छ । सानो लापरवाहीले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । सचते रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन । व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजना बनाएर अघि बढ्नु जायज होला । सहकर्मी र जुनियर कर्मचारिको काममा अलमलिँदा नियमित काममा बाधा पुग्नेछ । आफुले गरेका कामहरुबाट आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने देखिन्छ । इष्टमित्र र नातेदारसँग भेटघाट योग समेत रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लड्ने, चिप्लने वा दुर्घटनाको डर भएकाले सचेत भएर हिड्नुहोला । बोल्दा पनि विशेष ख्याल गर्नुहोला, आफ्नै बोलिका कारण ठूलै कलहको योग देखिन्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आजको समय बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सञ्चार माध्यमबाट राम्रो समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा हुनेछ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो । नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लिनु आवश्यक होला । केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनुपर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा बिषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन । बाहिरबाट हेर्दा सामान्य झै देखिएपनि मन निकै अस्थिर रहनेछ । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ । लाभमूलक काममा खट्न सकिनेछ । कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्ने देखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो