८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन १५ गते बिहीबारको तपाईँको राशिफल…


१५ फाल्गुन २०८१, बिहिबार  

219
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १५ गते बिहीबार ।

तदनुसार २०२५ फेब्रुअरी २७ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३० बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०२ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तिगत खुसी, आनन्द र मोजमस्तीका लागि केही समय छुट्याएको राम्रो होला । प्रेमिकासँग सम्पर्क राखी बढिरहेको दुरीलाई हटाउने प्रयास गर्नुपर्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने देखिन्छ । कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ । लागी परेमा रोकिएको काम समेत बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्नसक्ने समय हो । भविष्य चिन्ता र व्यवसायप्रतिको चासो बढ्नेछ । उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिष्पर्धामा सफल भइने दिन हो । कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ । अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । इच्छा र आकांक्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन रहेको छ । कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता नगर्नुहोला । समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान दिन आवश्यक छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिन सक्छ । सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुराना साथिभाईसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । नीजि वा आन्तरिक सम्बन्धलाई उजागर गरि सार्वजनिक तुल्याउन यो उचित समय छ । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक होला । बिर्सने बानीले कतिपय काममा बिलम्ब हुनसक्छ । कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शत्रु र प्रतिष्पर्धी वरिपरि छन् भने हेक्का राखि काम गर्नुहोला । कुनै विशेष काम गर्दै हुनुहुन्छ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ । बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आर्शिवाद मिल्नेछ । दाम्पत्य जीवन पनि सुखमय देखिन्छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुने योग रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनोट गर्दा गोपनियता अपनाउनुहोला । देखिएका बाधा÷अड्चन हटाउन तथा शत्रुदमन गर्न सफल भइने छ । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो । कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन भने कायम रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्ने देखिन्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । कही कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो । अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन पनि हो । भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ । समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने देखिन्छ । नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्ने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मविश्वास जाग्नुका साथै नयाँ कुरा जान्ने उत्सुकता समेत बढ्नेछ । आलस्य नगरि लक्ष्यप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्न सकिनेछ । मिहेनत र लगनशीलता नै तपाईँको पहिचान हो भन्ने बुझि यसलाई जारी राख्नुहोला । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारमा सम्पर्क राखि व्यवहारिक जानकारी प्राप्त गर्ने समय रहेको छ । पारिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनमुटाव बढ्ने देखिन्छ । सानोतिनो यात्रामा जानुपर्ने हुँदा व्यापारमा ध्यान केन्द्रित हुँदैन । दण्ड र जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुनसक्छ । धनमाल चोरिको डर रहेकाले राखनधरनमा विशेष ध्यान दिनुहोला ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो