८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन १४ गते महाशिवरात्रीका दिनको तपाईँको राशिफल


१४ फाल्गुन २०८१, बुधबार  

150
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन १४ गते बुधबार ।

तदनुसार २०२५ फेब्रुअरी २६ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३१ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०२ बजे हुनेछ । आज महाशिवरात्री पर्व । यहाँहरु सबैलाई महाशिवरात्रीको विशेष शुभकामना सहित सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्दामा मज्जाले खट्नुपर्ने समय रहेको छ । जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा दिक्क लाग्नसक्छ । बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा भविष्यका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु उचित होला । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण समेत देखिनेछ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने छ । अचानक प्रेमिका वा जीवनसाथिसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिस्थिति विपक्षमा रहेकाले आज कुनै महत्वपूर्ण निर्णय लिनु उचित नहोला । व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । दिक्क लागेको छ भने एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन रहेकाले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई अघि बढ्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने समय रहेको छ । आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । पेसागत सफलताका लागि प्रयास गरिने छ । पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु आवश्यक होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आयका दृष्टिले आजको दिन निकै राम्रो देखिएको छ । उर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहेको छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ । खिसीट्युरी गर्नेसित सतर्क रहनुहोला, अन्यथा ठूलो कलहको वातावरण बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दैनिक कामबाट फाइदा मिल्नेछ । थोरै भएपनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । पे्रमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन रहेको छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो । परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यालयका काममा खासै परिश्रम गर्नु पर्दैन । घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । ज्ञान र क्षमता बढाउन उपयोगी दिन समेत हो । घरमा समेत सम्पर्क राखी भाइबहिनी वा छोरारछोरीको चासो राख्नु राम्रो होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ । पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने हुनसक्छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्वपूर्ण सहयोग रहेको छ । आध्यात्मिक मनोभावको विकास हुने देखिन्छ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परीक्षा, प्रतियोगिता वा प्रतिष्पर्धामा विजय प्राप्त गर्ने दिन हो । मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय रहेको छ । बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्नेछ । उपहार वा धन प्राप्त हुने योग समेत रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जीवनसाथिको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चंगा हुने दिन हो । व्यक्तित्वमा निखार आउने छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा भने निकै सतर्कता अपनाउनु पर्ला । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, जसले गर्दा प्रेमिल जीवनमा बाधा पुग्नेछ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय हो । आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । कारोबारमा लगानी बढाउन उचित समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नतिजाको प्रतिक्षामा हुनुहुन्छ भने आशाअनुरुप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा आँटेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर दिन हो । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछ । आँट र हिम्मतले काम लिन सकेमा मनग्य फाइदा हुनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो