४ असार २०८३, बिहिबार । June 18, 2026

अग्नि मोटोइंकले नेपालमा भित्र्यायो प्यूजो मोटोसाइकल्स, कति पर्छ मूल्य ?


१३ फाल्गुन २०८१, मंगलबार  

63
Shares

काठमाडौं । अग्नि मोटोइंकले विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल्स प्यूजो नेपालमा ल्याएको छ ।

अग्नि ग्रुपको सहायक ‘अग्नि मोटोइंक’ कम्पनीले विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल्स प्यूजका स्कुटर नेपालमा भित्र्याएको हो । नेपाली ग्राहकलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रणसहित प्युजोले दुई भेरियन्टका स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले टाइमलेस डिजाइन र आधुनिक प्रविधिको परिष्कृत फ्युजनका प्युजोको ‘जङ्गो’ र ‘स्पीडफाइट ४’ नेपाली बजारमा सार्वजनिक गरेको हो । प्रिमियम सेगमेन्टका दुई भेरियन्टले नयाँ युगको शुरुआत गरेको कम्पनीको भनाइ छ । प्रतिष्ठित फ्रेन्च ब्रान्डका दुवै अल्ट्रा प्रिमियम भेरियन्टको आर्कषक डिजाइन र स्मार्ट सुविधाहरूले नेपाली बजारमा अब्बल स्थापित हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् प्यूजोका दुई भेरियन्ट
प्यूजोको पहिलो भेरियन्ट जङ्गो १२५ सीसीमा उपलब्ध रहेको छ । रेट्रो फ्रेन्च डिजाइन र अत्याधुनिक इन्जिनियरिङले यस भेरियन्टलाई निकै आकर्षक बनाएको छ । उत्कृष्ट शैली र परिष्कृतताले भरिपूर्ण यस भेरियन्टको मूल्य नेपाली बजारमा ५ लाख ७१ हजार रूपैयाँ तोकिएको छ । जङ्गो भेरियन्टमा नीलो/सेतो, फ्लेमिङ्गो/रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार कलर अप्सन उपलब्ध छन् ।

त्यस्तै, ‘स्पीडफाइट ४’ भेरियन्ट १५० सीसीमा उपलब्ध रहेको छ । उच्च हाइटेक प्रविधि र क्षमता, तीव्र गतिको साथ सटिक ह्यान्डलिङ भएको यस भेरियन्टको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रूपैयाँ रहेको छ ।

यो भेरियन्ट खैरो/कालो र नीलो/पहेंलो गरी दुई कलर अप्सनमा उपल्बध रहेको छ । एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक प्यूजोले नेपाली बजारमा नयाँ युगको शुरूआत गर्ने अग्नि मोटोइंकका महाप्रबन्धक शरद मिश्रले बताए । प्यूजो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतीक हो ।

यी स्कुटर केवल साधन मात्र नभई एक जीवनशैली हो । हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कुटर ल्याउन पाउँदा खुशी छौं’, उनले भने’, ‘प्यूजो मोटोसाइकल्सको नेपालमा प्रवेशले दुई पाङ्ग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको शुरूआत भएको संकेत गर्दछ ।

सुरुमा काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी असाधारण अल्ट्रा(प्रिमियम स्कुटरहरूको स्वामित्व र मजा लिन पाउनेछन । यद्यपि, आगामी दिनहरूमा प्यूजो अन्य मोडलमा ल्याउने समेत योजनामा छौं ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा