१ माघ २०८२, बुधबार । January 14, 2026

च्याम्पियन्स ट्रफीः कोहलीको शतकमा पाकिस्तानमाथि भारतको सहज जित



काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य पछाएको भारतले ४२ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि विराट कोहलीले अविजित १०० रन बनाएका थिए । कोहलीको यो एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । त्यस्तै श्रेयस अय्यरले ५६ र कप्तान रोहित शर्माले ४६ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९ दशमलव ४ ओभरमा अल आउट हुदै २ सय ४१ रन बनाएको थियो । पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए । त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए ।

यो जितपछि भारत समुह ए मा २ जितपछि सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ भने पाकिस्तानले लगातार २ खेलमा हारेर लगभग प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले