५ चैत्र २०८२, बिहिबार । March 20, 2026

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’


९ फाल्गुन २०८१, शुक्रबार  

78
Shares

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एकमात्र फुल–बडी टाइल संग्रह ‘cento’ लाई  सार्वजनिक गरेको छ ।

लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै cento नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ । ‘cento’ फुल–बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरेका छन् ।

लामिनार टाइल्स् फागुन ११ गते सम्म चल्ने यस वर्षको बिल्डकन एक्स्पोको प्रमुख प्रायोजक रहेको छ । फुल–बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्स्को उत्पादक, लुम्बिनी सेरामिक्स्का प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार PEI रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘cento’ टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू- जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिमी मोटाइ भएका cento टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न  गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन् ।

  • Modulus of Rupture (MOR): Cento – 50.29 N/mm² | Granite – 14.75 N/mm²
  • Breaking Strength: Cento – 6056 N | Granite – 1588.0 N
  • MOH’s Hardness: Cento – 9 | Granite – 3
  • Surface Abrasion Resistance: Cento – Class 5 | Granite – Class 2

कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत cento ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।

नेपाली उपभोक्ताहरुको लागि अब घर वा कार्यालयका भर्‍याङ्गका चिप्लिईने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुईलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको cento उपलब्ध भएको छ ।

आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बनेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा