१ माघ २०८२, बुधबार । January 14, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः आज लेबनानसँग भिड्दै नेपाल



काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसि फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो खेल आज लेबनानसँग खेल्दैछ। दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा कीर्गिस्तानविरुद्ध जित निकालेर प्रतियोगितामा सकारात्मक सुरुवात गरेको नेपालले लेबनानविरुद्धको खेलपनि जित निकाल्ने दाउमा छ । ४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले लेबनानविरुद्ध खेलमा फराकिलो अन्तरको जित निकाल्ने लक्ष्यमा नेपाली टोली छ।

फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन्। यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ। गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले