८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन ६ गते मंगलबारको तपाईँको राशिफल


६ फाल्गुन २०८१, मंगलबार  

318
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको ६ गते मंगलबार ।

तदनुसार २०२५ फेब्रुअरी १८ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३८ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिहेनतले पदिय जिम्मेवारी दिलाउनेछ । इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । काममा सन्तुष्टि मिल्नुका साथै मोजमस्ती गर्ने समय रहेको छ । जीवनसाथिको भावनालाई कदर गर्दै आज कतै गएर समय व्यतित गर्नु राम्रो होला । आर्थिक संकटको दिन रहेको छ । घरायसी व्यवहार धान्नसमेत मुस्किल पर्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरेको मिहेनतले सार्थक परिणाम प्राप्त हुनेछ । काममा हडबड र शीघ्रता राम्रो नहोला । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो होला । कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ । नबनेको कुनै काम छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मन भावुक र संवेदनशील बन्न सक्छ । बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्ने देखिन्छ । जस्तै चुनौतीपूर्ण काम भएपनि सफलता मिल्नेछ । परिक्षा वा प्रतिष्पर्धामा विजय प्राप्त गर्ने दिन रहेको छ । थोरै मिहेनत गर्दा समेत ठूलो सफलता पाउने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसिक तनाव बढ्नेछ । हाकिम वा उच्चपदस्थ अधिकृतसँगको सम्बन्ध कमजोर बन्नसक्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो । कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन र अनुसन्धानमा रुचि बढ्नेछ । मिहेनतले राम्रो परिणाम प्राप्त हुनेछ । उपलब्धिमा साथिभाई, गुरुजन र अभिभावकको समेत महत्वपूर्ण सहयोग मिल्नेछ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय रहेको छ । रमाइलो गतिविधिमा आजको दिन व्यतित हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो शब्द र वचनले कसैको मन नदुखोस भन्ने कुरामा ख्याल राख्नुहोला । मुखले भनेकै भरमा कुनै महत्वपूर्ण काम बन्नसक्ने राम्रो समय हो । वरिष्ठ कर्मचारिलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा फाइदा लिन सकिने छ । दैनिक जीवन सहजताका साथ बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सकिएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, सुखदुःखमा साथ दिनेहरू भने फेलापर्ने छन् । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले प्रेम जीवनमा बाधा पुग्नसक्छ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । आफ्ना भावना र महत्तवाकाङ्क्षाहरू उपर नियन्त्रण गर्नु आवश्यक छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष बन्नसक्छ । महत्त्वपूर्ण व्यक्तिसित निकटता बढ्नेछ, कार्यक्षेत्रबाट लाभ मिल्नेछ । प्रतिस्र्पद्धामा विजयी भएर आफ्ना शत्रुमाथि दबाब सिर्जना गर्न सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय छ । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान समेत पाउन सक्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन हो । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय छ । मन कमजोर भएको आभाष हुनसक्ने भएकाले आफुलाई सम्हाल्ने प्रयास गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवार र साथिभाईप्रतिको तपाईँको भावनाले चिन्ता बढाउन सक्छ । गरेका प्रत्येक काममा असफलता वा बाधा व्यहोर्ने दिन हो । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन । समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो