३१ आश्विन २०८३, शनिबार । October 17, 2026

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, आज किर्गिस्तानसँग खेल्दै नेपाल


५ फाल्गुन २०८१, सोमबार  

588
Shares

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ।

उद्घाटन खेल दिउँसो २ बजे दशरथ रंगशालामा । पहिलो खेलमा म्यानमार र लेवनानबीच हुनेछ। साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ। फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ। कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ।

६ वर्षअघि भएको भएको खेलमा नेपाल ८(२ गोलले विजयी भएको थियो।प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

यस प्रतियोगितालाई एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिइएको छ। एएफसी वुमन्स एसियन कप २०२६ का लागि आगामी जुन २३ देखि जुलाई ५ सम्म छनोट प्रतियोगिता आयोजना हुँदैछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि