८ चैत्र २०८२, आइतबार । March 23, 2026

प्रेम दिवसको दिन कस्तो छ तपाईँको राशिफल ?


२ फाल्गुन २०८१, शुक्रबार  

1.1k
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको २ गते शुक्रबार ।

तदनुसार २०२५ फेब्रुअरी १४ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४१ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल..

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आन्तरिक प्रतिभाको प्रस्फुटन हुने राम्रो दिन रहेको छ । कला र साहित्यप्रति झुकाव छ भने फुरेको बिषवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । समस्यामुलक कुनै काम छन भने आफुभन्दा माथिल्लो तहको कर्मचारिको सहयोग लिनु उचित होला । जस्तो सुकै चुनौतीपूर्ण काम भएपनि सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथिसँगी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भंग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो नहोला । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानिका मार्गहरु सहज हुने सुन्दर दिन छ । घरपरिवारमा सम्पर्क राखि भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभुति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक वातावरण सुखमय रहनेछ । साथिसँगीसित भेटघाट गर्दै नयाँ योजना बनाउने हौसला जाग्नेछ । कहीँ कतै भ्रमणमा निस्कने योगसमेत बन्नेछ । मिहेनतको राम्रो नतिजा प्राप्त हुने समय रहेको छ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ । प्रतिभा र सीपको कदर हुनुका साथै महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै ठुलो उपहार वा धन प्राप्त हुने योग रहेको छ । आफुभन्दा माथिल्लो तहको कर्मचारिलाई कामको माध्यमबाट खुसी बनाउन सकिनेछ । धनको कारोबार वा किनमेलको क्षेत्रबाट विशेष लाभ हुनेछ । घरपरिवारबाट धार्मिक कृत्य वा शुभ कर्म गर्ने सन्देश आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै प्रशासनिक वा व्यवस्थापकिय कार्यका लागि अनुकूल समय रहेको छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ । कामको चापबाट फुर्सद पाइनुका साथै जीवनसाथिका साथमा कुनै सानोतिनो यात्रामा निस्कने योग समेत रहेको छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरबाहिर निस्कँदा तालासाँचो बलियो बनाएर निस्कनुहोला । अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्क रहनुहोला । मनको हठ र कुण्ठामा भुलिने समय छ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन रहेको छ । साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम मोलेर कुनै पनि काम नगर्नु उचित होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते
भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जानेछ । प्रेमिकाबाट कुनै आकर्षक उपहार प्राप्त हुनेछ । उच्चकोटिको पारिवारिक सुख मिल्ने देखिन्छ । थालेको काम बिचमा नै अवरुद्ध भएको छ भने फेरि प्रयास गर्दा सफल भइनेछ । खर्च बृद्धिको योग रहेको छ । विगतको लगानीले राम्रो प्रतिफल दिने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकदमै मिहेनत गर्नुपर्ने दिन रहेको छ । कुनै परिक्षा वा प्रतिष्पर्धामा सहभागी हुँदै हुनुहुन्छ भने निराश नभई प्रयास गर्नुहोला । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेवारी बोध हुने राम्रो दिन रहेको छ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ । समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउने योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय रहेको छ । अरुले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सक्छन् । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक होला । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु उचित होला । खनिज पदार्थ र पुरातात्तिवक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बढ्नेछ । कलात्मक कार्य, अभिनय, गायन, नृत्य, डेकोरेशन वा ड्रेस डिजाइनिङ जस्ता कामबाट राम्रो फाइदा मिल्नेछ । आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन रहेको छ । रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गर्नुपर्ने देखिन्छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन रहेको छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो