२९ पुस २०८२, मंगलबार । January 14, 2026

आज जनयुद्ध दिवस, माओवादीले जितेका स्थानिय तहमा सार्वजनिक विदा



काठमाडौं । तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनका रूपमा बिहीबार जनयुद्ध दिवस मनाइँदैछ ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । जनयुद्ध दिवसको अवसरमा देशभरका नेकपा माओवादी केन्द्रले जितेका स्थानिय तहहरुमा सार्वजनिक विदाको घोषणा गरिएको छ ।

नेपाली कांग्रेसले जितेका रुकुम (पश्चिम) को बाँफिकोटा गाउँपालिकामा पनि आज सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले