काठमाडौं । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कलंकी, रुद्रबजारमा महा एक्सचेञ्ज मेनिया सचालनमा ल्याएको छ ।
नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलो अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल म्यानेजर देवेन्द्र ढुंगानाले जानकारी दिएका छन् । टिभिएसको सबै भन्दा पुरानो लेगेसि भएको अपाचे सिरिजमा २ बर्ष सम्मको पिरियोडिक पार्टस तथा मर्मत फ्रि अफर ल्याएको हो ।
जस अन्तर्गत ३१ हजार बराबरको सुबिधा ग्राहकले निशुल्क पाउन सक्ने छन् । एक्सचेञ्ज अवधि भर खरिद गर्ने ग्राहकहरुलाई १० हजार सम्मको नगद छुट, साटफेरमा उत्कृष्ट मुल्यांकन, ७.९९% ब्याजदरमा फ्री इएमआई सहित स्पोट फाईनान्सको सुविधा रहने छ ।
साथै फ्रि एसेसरिजमा ब्याग, बाईक कभर, हेल्मेट पनि रहको ग्लोरी अटो, टिभिएस स्वरुम रविभवनका सञ्चालक निरज श्रेष्ठले जानकारी दिए । मेला यहि फागुन ४ गते सम्म चल्नेछ ।
प्रतिक्रिया