३० माघ २०८१, बुधबार । February 12, 2025

माघ ३० गते बुधबारको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको ३० गते बुधबार ।

तदनुसार २०२५ फेब्रुअरी १२ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४३ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाम्पत्यसम्बन्धमा तालमेलको कमी देखिने छ । कुनै गोप्य कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा पर्न सकिनेछ । उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । प्रतिष्पर्धी अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन् । तर, आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । इष्टमित्र र नातेदारसँग भेटघाटको योग रहेको छ । परोपकारी र साहसी काम गर्न मन उत्साहित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नेछन् । आम्दानीको पाटो सहज भएपनि धाक लगाउने क्रममा मोटै रकम खर्च हुने देखिन्छ । बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नु आवश्यक देखिन्छ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले आजको समय अनुकूल छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफूलाई उर्जावान र जीवन्त महसुस गर्न सकिने छ । जीवनसाथिबाट कुनै कुराको अपेक्षा गरेको जाति होला । कुनै व्यक्तिगत समस्या छ भने आफ्नो मनमिल्ने साथिलाई बताएमा सही निकास पाउन सकिनेछ । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठनमा पनि ध्यान केन्द्रित हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा बाधा र अवरोध सिर्जना हुनुका साथै अनावश्यक खर्च बढ्ने समय छ । कुनै जोखिमयुक्त काममा सहभागिता जनाउनु उचित नहोला । दौडधूप गर्नुपर्ने काम, ढुवानी र यातायात वा मार्केटिङको क्षेत्रमा निकै राम्रो छ । काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्रीको कारोबारमा लाभ पाउन सकिन्छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन् । पारिवारिक माहोल पनि ठीकै देखिन्छ । अहङ्कार र घमण्डलाई काबुमा राख्नु राम्रो होला । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोला । लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो । निजी काममा खट्नुपर्दा जीवनसाथिको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव बढ्नसक्छ । कुटनैतिक क्षमताको उपयोग गर्नाले सम्मान र प्रशंसा पाइने छ । मौखिक अभिव्यक्ति वा कलात्मक कामका माध्यमबाट धनरकमसमेत जुटाउन सकिने राम्रो दिन रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुनसक्छ । प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने देखिन्छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ । कर्मप्रति समर्पित हुनुका साथै प्रतिष्ठामा बृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शरीरमा थकान र उत्साहमा कमी आउने समय रहेको छ । आफूलाई सक्दो प्रसन्न बनाउने प्रयास गर्नुहोला । परिक्षा वा कुनै प्रतिष्पर्धामा सहभागी हुँदै हुनुहुन्छ भने योजनाहरु गोप्य राख्नु ठीक होला । गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ, विशेष ध्यान दिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नो र परिवारका लागि समय व्यवस्थापन गर्न सकिने छ । आफ्नो कुरा मात्रै थोपर्ने भन्दा पनि जीवनसाथिको भावना बुझ्ने प्रयास गर्नुहोला । राम्रा र नयाँ डिजाइनका लुगाफाटा लगाउने सौख जाग्नेछ । जीवनसाथीका लागि वस्त्र वा गरगहना खरीद गर्ने मनसाय बन्नसक्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ । पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो । कुनैकुनै कुरामा तपाईंको हठ र जिदले माहोल नरमाइलो बन्नसक्छ । शत्रु र विरोधीहरूसँग डटेर प्रतिष्पर्धा गर्ने समय रहेको छ । पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि राम्रो दिन छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय रहेको छ । परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक होला । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ । आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु पनि समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा

माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

रासस । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो