८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ २६ गते शनिबारको तपाईँको भाग्यफल…


२६ माघ २०८१, शनिबार  

423
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ २६ गते शनिबार । तदनुसार २०२५ फेब्रुअरी ८ तारिख ।

नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४६ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५० बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नुका साथै सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोला । लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन रहेको छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । धनप्राप्तिको योग रहेको छ । स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय दखिन्छ । बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोला । प्रेमी÷प्रेमिका वा पति÷पत्नीका बीचमा ठास्सठुस्स भइरहनेछ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन रहेको छ । नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभदायी रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ, घरको तालासाँचो बलियो बनाउनु होला । अनावश्यक खर्चको योग रहेकाले किनमेल गर्दा पनि सजग रहनुहोला । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय रहेको छ । आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित होला, अन्यथा अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने योग छ । कामविशेषले कतै टाढा जाने वा देशरविदेशको यात्रामा निस्कने संयोग जुर्नसक्छ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनसक्छ । कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय रहेको छ । अचानक हातमा धन आइपुग्न सक्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ । नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्नसक्छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जोखिमपूर्ण काम गर्नु उचित नहोला । जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ । पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्दा सफल भइनेछ । सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन भावुक र चञ्चल बन्नसक्छ । पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । आम्दानीका दृष्टिले आजको दिन राम्रै देखिन्छ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने देखिन्छ । बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नु उचित होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रतिष्पर्धा र सिकाइका आधारमा जीवनको वास्तविक लक्ष्य पहिल्याउन सकिनेछ । विवादास्पद जिम्मेवारीमा फस्नसक्ने योग देखिन्छ, सचेत रहनुहोला । स्वास्थ्यगत कमजोरीले प्रेमि जीवन प्रभावित बन्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तीव्र इच्छाशक्ति र आन्तरिक उर्जाको उदय हुनेछ । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने देखिन्छ । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ । घरपरिवार र छोराछोरीका लागि केही समय छुट्याउनु उचित होला । आफ्ना कुरा थोपर्ने भन्दा जीवनसाथिको कुरा सुन्ने प्रयास गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय रहेको छ । महत्वपूर्ण र दिर्घकालीन निर्णय लिँदा अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नुहोला । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ । जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो