८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ २५ गते शुक्रबारको तपाईँको राशिफल


२५ माघ २०८१, शुक्रबार  

360
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २५ गते शुक्रबार ।

तदनुसार २०२५ फेब्रुअरी ७ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४६ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परीक्षा, प्रतियोगिता वा प्रतिष्पर्धामा विजय प्राप्त गर्ने दिन रहेको छ । मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । निणर्य लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । आन्तरिक क्षमताको प्रयोग गरी कुनै विशेष अवसर पाउन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मानसिक शान्तिको आभास हुनेछ । कतै एकान्त ठाउँमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । केही समय आफ्नो स्वास्थ्य र आरामका लागि छुट्याउनु आवश्यक छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला मिल्ने समय रहेको छ । हिसाबकिताबमा देखिएको कमजोरी सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्चमा बृद्धि हुनाले बजेटको राम्रो व्यवस्था गरेर यात्रा गर्नुहोला । आर्थिक तनावले पतिपत्नीका बीचमा विवाद चुलिन सक्छ । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो कामले सेवाग्राही र वरिष्ठ कर्मचारीलाई खुशी तुल्याउन सकिने छ । स्थिर प्रयोजनमा धन लगानी गर्न सकिनेछ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन । आपसी समन्वय र आन्तरिक सुख बढ्ने दिन रहेको छ । जीवनसाथिसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ । जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । काममा धपेडी बढ्नुका साथै अनेकन बाधा उत्पन्न हुनसक्छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय रहेको छ । पेसा, व्यवसाय वा भविष्यका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय रहेको छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन रहेको छ । सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवनसाथिको चासो र चिन्तामा मात्रै केन्द्रित हुने समय होइन । केही समय आफ्नो मनको खुसी र स्वास्थ्यका निम्ति छुट्याएको राम्रो होला । आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ । आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता नगर्नुहोला । समय बित्दै जाँदा दैनिकीमा सुधार आउने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउन सकिने छ । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ । आजको दिन कुनैपनि वाचाबन्धन गर्नु राम्रो नहोला । आत्मीय मित्र वा सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । नयाँ कामतर्फ अग्रसर भइने छ । आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्दा ताकेको काम सम्पन्न हुनेछ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनुहोला । रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क लाग्नसक्छ । बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ, सतर्क रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय रहेको छ । नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । पारिवारिक वातावरण ठीकै देखिन्छ । छोराछोरीको इच्छा अनुसार खर्च बढ्ने देखिन्छ, बजेटको राम्रो जोहो गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक र आध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्नसके तनावबाट मुक्ति पाउन सकिनेछ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने हुनसक्छ । कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन रहेको छ । आर्थिक कारोबारको कुरा हो भने सकभर पछि हट्नु ठिक होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्व विकास र भविष्य निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नुहोला । परिक्षा र अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ भने सफलता मिल्नेछ । काममा सहयोगीको राम्रो साथ पाइने समय रहेको छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा व्यस्तता बढ्नेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो