२९ फाल्गुन २०८२, शुक्रबार । March 14, 2026

माघ २२ गते मंगलबारको तपाईँको राशिफल


२२ माघ २०८१, मंगलबार  

258
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २२ गते मंगलबार ।

तदनुसार २०२५ फेब्रुअरी ४ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४८ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनले चिताएका काम सम्पादन हुनेछन् । हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर मानसम्मान पाउने समय रहेको छ । जीवनसाथिको तर्फबाट पनि राम्रो साथ पाइने छ । व्यक्तिगत समस्या छ भने आफुभन्दा जान्नेबुझ्नेसँग बताएमा सही निकास पाउन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका मार्गमा उतारचढाव आउनेछ । सामान्य मानेको लापरवाहीले दण्ड जरिवानामा पर्न सकिनेछ । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाति होला । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने देखिन्छ । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन । योग र ध्यानतर्फ मन आकर्षित हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना कार्यान्वय गर्ने उत्तम दिन रहेको छ । दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउनु र प्रशासनिक तौरतरिका बुझ्नुहोला । कुनै पुराना समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्छ । सहकर्मी र आफुभन्दा माथिल्लो तहको कर्मचारिको सहयोग पाउने योग छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना समेत बन्ने देखिन्छ । आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सत्रिय रहने समय छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुनसक्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय रहेको छ । जीवनसाथिले आफ्नो विवशता नबुझिदिँदा झन दिक्क लाग्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यको निकै राम्रो साथ पाउने समय रहेको छ । कुनै कुराको ज्ञान लिने वा नयाँ कुरा सिक्ने चासो बढ्नसक्छ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरुले हृदयदेखि नै प्रशंसा गर्नेछन । अर्कालाई सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बढ्दो ऋणभार र खर्चबृद्धिले तनावको अवस्था सृजना हुनसक्छ । विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ । विवाद वा लफडाबाट आफलाई टाढा राखेको राम्रो । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मोजमस्ती र आनन्दका लागि समय निस्कनेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउनेछन् । सिर्जनात्मक काम, गीतसङ्गीत, नृत्य र अभिनय जस्ता विधामा रुचि बढ्नेछ । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्वपूर्ण काममा कमजोरी देखिने डर छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो कमजोरीलाई आधार बनाएर शत्रु हाबी हुने समय रहेको छ । विश्वासिलो साथि वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन् । एकान्तमा बस्न पाउने तथा मनमिल्ने साथिसँग दुःखसुख सेयर गरि आत्मिक आनन्दमा रमाउने दिन रहेको छ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बिचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । जन्मदिने आमाको चिन्ताले सताइरहनेछ । घरायसी समस्याले पनि बारम्बार मन बिथोलिन सक्छ । कामप्रति समर्पित हुनुपर्ने देखिन्छ । आइपर्ने बाधा अवरोधमाथि समेत ख्याल गर्दै अघि बढ्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक माहोल सुखद रहनुका साथै विभिन्न कुराको लाभ पाउने योग छ । कुरा काट्ने र खिसीट्युरी गर्नेहरुको क्रियाकलाप देखेर मन खिन्न बन्न सक्छ । कुनै समस्यामा हुनुहुन्छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ । पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने हुनसक्छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथिहरुसँग छलफल गरि जानकारी बटुल्नु उचित होला । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथिभाइ वा प्रेमिकासँग भेटघाट हुने र रमाइलो गर्ने अवसर मिल्नसक्छ । बोल्दा निकै विचार पुर्याउनुहोला, अन्यथा ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन रहेको छ । रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरु सफल हुने दिन रहेको छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по