२२ माघ २०८१, मंगलबार । February 4, 2025

माघ २२ गते मंगलबारको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २२ गते मंगलबार ।

तदनुसार २०२५ फेब्रुअरी ४ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४८ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनले चिताएका काम सम्पादन हुनेछन् । हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर मानसम्मान पाउने समय रहेको छ । जीवनसाथिको तर्फबाट पनि राम्रो साथ पाइने छ । व्यक्तिगत समस्या छ भने आफुभन्दा जान्नेबुझ्नेसँग बताएमा सही निकास पाउन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका मार्गमा उतारचढाव आउनेछ । सामान्य मानेको लापरवाहीले दण्ड जरिवानामा पर्न सकिनेछ । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाति होला । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने देखिन्छ । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन । योग र ध्यानतर्फ मन आकर्षित हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना कार्यान्वय गर्ने उत्तम दिन रहेको छ । दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउनु र प्रशासनिक तौरतरिका बुझ्नुहोला । कुनै पुराना समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्छ । सहकर्मी र आफुभन्दा माथिल्लो तहको कर्मचारिको सहयोग पाउने योग छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना समेत बन्ने देखिन्छ । आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सत्रिय रहने समय छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुनसक्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय रहेको छ । जीवनसाथिले आफ्नो विवशता नबुझिदिँदा झन दिक्क लाग्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यको निकै राम्रो साथ पाउने समय रहेको छ । कुनै कुराको ज्ञान लिने वा नयाँ कुरा सिक्ने चासो बढ्नसक्छ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरुले हृदयदेखि नै प्रशंसा गर्नेछन । अर्कालाई सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बढ्दो ऋणभार र खर्चबृद्धिले तनावको अवस्था सृजना हुनसक्छ । विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ । विवाद वा लफडाबाट आफलाई टाढा राखेको राम्रो । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मोजमस्ती र आनन्दका लागि समय निस्कनेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउनेछन् । सिर्जनात्मक काम, गीतसङ्गीत, नृत्य र अभिनय जस्ता विधामा रुचि बढ्नेछ । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्वपूर्ण काममा कमजोरी देखिने डर छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो कमजोरीलाई आधार बनाएर शत्रु हाबी हुने समय रहेको छ । विश्वासिलो साथि वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन् । एकान्तमा बस्न पाउने तथा मनमिल्ने साथिसँग दुःखसुख सेयर गरि आत्मिक आनन्दमा रमाउने दिन रहेको छ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बिचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । जन्मदिने आमाको चिन्ताले सताइरहनेछ । घरायसी समस्याले पनि बारम्बार मन बिथोलिन सक्छ । कामप्रति समर्पित हुनुपर्ने देखिन्छ । आइपर्ने बाधा अवरोधमाथि समेत ख्याल गर्दै अघि बढ्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक माहोल सुखद रहनुका साथै विभिन्न कुराको लाभ पाउने योग छ । कुरा काट्ने र खिसीट्युरी गर्नेहरुको क्रियाकलाप देखेर मन खिन्न बन्न सक्छ । कुनै समस्यामा हुनुहुन्छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ । पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने हुनसक्छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथिहरुसँग छलफल गरि जानकारी बटुल्नु उचित होला । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथिभाइ वा प्रेमिकासँग भेटघाट हुने र रमाइलो गर्ने अवसर मिल्नसक्छ । बोल्दा निकै विचार पुर्याउनुहोला, अन्यथा ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन रहेको छ । रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरु सफल हुने दिन रहेको छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

त्रिकोणात्मक महिला टी-२० सिरिजः पहिलो जितको खोजिसहित थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२०

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको