२ असार २०८२, सोमबार । June 16, 2025

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?



काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

बढेको मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा १६४ दशमलव ५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७ दशमलव ५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कोशी र सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही

इजराइली हमलामा इरानका सैन्य प्रमुखको मृत्यु, प्रतिकारको तयारीमा इरान

एजेन्सी । इजराइलले इरानमाथि गरेको हवाई आक्रमणमा इरानका उच्च सैन्य