४ असार २०८३, बिहिबार । June 18, 2026

माघ १८ गते शुक्रबारको तपाईँको राशिफल


१८ माघ २०८१, शुक्रबार  

252
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १८ गते शुक्रबार ।

तदनुसार २०२५ जनवरी ३१, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५० बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४३ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने आफुभन्दा जानेबुझेको व्यक्तिसँग छलफल गरेर मात्रै अघि बढ्नुहोला । अड्डा अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय रहेको छ । कुनै बाँकिबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा)
व्यवसायिक कामको चाप बढ्नुका साथै काम विशेषले कतै टाढा जानुपर्ने बाध्यता हुनसक्छ । वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता, पण्डित जस्ता पेशामा भएका व्यक्तिले प्रशस्त लाभ पाउनेछन् । परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध कामबाट फाइदा लिन सकिने दिन रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यको राम्रो साथ पाइनेछ । प्रदर्शन वा प्रतिष्पर्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता मिल्नेछ । शान्त र स्थिर मतिको उदय हुनेछ । परोपकारी काममा रुचि बढ्नेछ । प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनियता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुने देखिन्छ । मनमा चिन्ता र निराशा बढ्ने देखिन्छ । आफ्ना नराम्रा बानिहरुमा नियन्त्रण गर्न नसके त्यसैकारण जीवनसाथिसँग विवादको अवस्था उत्पन्न हुनसक्छ । शिक्षक वा वकालत पेशामा भएकाले राम्रो गर्न सक्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय रहेको छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने जीवनसाथिको नाममा सुरु गर्दा फाइदा मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ । काममा विशेष ध्यान दिनु उचित होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
झैझगडा वा विवादबाट सकभर टाढा बसेकै जाति होला । अर्काको काम वा बिषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने हुनसक्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकुल समय रहेको छ । कलह र विवादको योग रहेकाले कम बोल्नु ठिक होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अफ्ना कुरा थोपर्नेमात्र होइन जीवनसाथिका कुरा सुन्ने प्रयास गर्नुहोला । खर्च बढ्ने समय रहेको छ । दाम्पत्य जीवन पनि खासै सुमधुर देखिँदैन् । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षा क्षेत्र, आर्थिक कारोबार र सुनचाँदीको व्यापारिका लागि निकै राम्रो दिन रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ । आफ्ना लागि समय व्यवस्थापन गर्नु उचित होला । आफुभन्दा माथिल्लो तहको कर्मचारीको आदेशलाई व्यवास्ता गर्नु हुँदैन् । घरायसी बिषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धानार्जन र प्रतिष्ठा प्राप्तिका लागि निकै राम्रो दिन रहेको छ । साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने आफ्नो आनिबानिका बारेमा खुलेर बताउनुहोला । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । नबुझेको बिषय छ भने सहकर्मीको मद्दत लिएर अघि बढ्दा सजिलो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठूलै दुर्घटनाको सम्भावना रहेकाले सचेत भएर हिँड्नुहोला । बोल्दा विशेष ध्यान दिनुहोला, अन्यथा साथिभाइ र हाकिमसँग झगडाको यो समेत रहेको छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय रहेको छ । आम्दानीका मार्गहरु समेत बढ्ने सँकेत देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सञ्चार माध्यमबाट प्रेरणा प्राप्त हुने समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा मिल्नेछ । कार्यस्थल र घरपरिवारमा खुसी र उमंगको वातावरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्दै अघि बढ्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भविष्यमा असर पर्ने खालका कुनै ठुला निर्णयहरु लिनु उचित नहोला । कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने प्रयाप्त गृहकार्य गर्नुहोला । कुविचार, भ्रम, चिन्ता र शंकाले मन अशान्त बन्नेछ । सानातिना र बेकारका कुरामा अलमलिनु राम्रो नहोला । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथिहरुको माझमा आफ्ना कुरा नबताउनुहोला, अन्यथा बेकारबो अफवाह फैलने डर हुन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा