९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ १५ गते मंगलबारको तपाईँको राशिफल


१५ माघ २०८१, मंगलबार  

372
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १५ गते मंगलबार ।

तदनुसार २०२५ जनवरी २८, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५२ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफूले गरेको कामको राम्रो प्रतिफल पाउने योग रहेको छ । लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन नसक्दा समस्या पर्ला । घरायसी कामको चाप बढ्ने देखिन्छ । प्रतिष्ठिन व्यक्तिहरुसँग भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ जस्ता व्यवसायले सफलता मिल्नेछ । अरुका नकारात्मक कुरालाई व्यवास्था गरि आफ्नो काममा ध्यान दिनुहोला । थोरै मात्र प्रयास गर्दा आम्दानीका मार्गहरु बढ्नेछन् । प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छि गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जोखिम र संकटले भरिपूर्ण समय रहेको छ । नैराश्यता र दिकदारी बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्ने देखिन्छ । लगानी र दौडधुपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन् । विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने देखिन्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद देखिन सक्छ । आफ्नो विचार राख्दा सोचर मात्रै बोल्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शंकास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो होल । महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा राम्ररी पढेर मात्रै गर्नुहोला । कामधन्दाबाट राम्रो फल प्राप्त हुनेछ । पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नसक्छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्नछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिष्पर्धा र परिक्षामा सफलता मिल्नेछ । राम्रो नतिजाको चाहना छ भने गोप्य ढंगले तयारी गरेको राम्रो । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । मिहनेतले जीवनको वास्तविक लक्ष्य पहिल्याउन सकिने छ । पनि स्वाभिमान र घमण्डमा लगाम लगाउनु उचित होला, अन्यथा केही समस्याहरु सिर्जना हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुनेछ । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्नुहोला । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय रहेको छ । आज प्रेमि वा जीवनसाथिलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्नु राम्रो होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
होटर, रेष्टुरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ । दाम्पत्य सम्बन्धमा तालमेलको कमी देखिन्छ । पारिवारिक वातावरण व्यवस्थित र रमाइलो नै देखिन्छ । कुनै गोप्य कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा पर्न सकिएल, सचेत भएर अघि बढ्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहकर्मी वा आफुभन्दा तल्लो तहको कर्मचारीको काममा अलमलिँदा आफ्नो काममा बाधा पुग्नेछ । नयाँ एवं पुराना साथिभाईसँग भुलिनाले प्रेमी वा जीवनसाथिलाई समय प्रदान गर्न कठिन होला । धर्मकर्म वा परोपकारी काममा चासो बढ्नेछ । आँटेको काममा साथिभाइ र सहयोगीको साथ पाउनाले नचिताएको काम सम्पादन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनसाथिको इच्छाअनुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुनसक्छ । खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्रै यात्रा गर्नुहोला । मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ । कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा बढ्ने तथा मानसम्मान पाउने समय छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको कुनै पल तपाईँका लागि भावुक समय बन्नसक्छ । पारिवारिक सदस्य र जीवनसाथिको साथ मिल्नाले मन प्रसन्न रहनेछ । क्षमता प्रदर्शन गरि आफूलाई सर्वश्रेष्ठ सावित गर्न सकिने छ । नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । इच्छाशक्ति बढ्नुका साथै मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ । आर्थिक पक्ष बाधक बन्ने भएकाले खर्च गर्दा ध्यान दिनुहोला । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय रहेको छ । आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सकारात्मक बन्ने प्रयास गर्नुहोला जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आज धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुने समय छ । नोकरी वा व्यापार वृत्तिबाट राम्रो धनार्जन गर्ने समय देखिन्छ । खर्च कटौती गरेर गरेको लगानीले राम्रो प्रतिफल दिनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो