८ बैशाख २०८३, मंगलबार । April 21, 2026

त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपालको महिला टोली घोषणा


१४ माघ २०८१, सोमबार  

633
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कीर्तिपुरको त्रिवि मैदानमा यही माघ १७ गते आउने बिहिवारदेखि २५ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच त्रिदेशीय शृङ्खला हुँदै छ । नेपाली टोलीमा हालै मलेसियामा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप खेलेर फर्किएको टोलीकी कप्तान पूजा महतोसहित अलिसाकुमारी यादव र प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्यायलाई पनि समावेश गरिएको छ ।

सबै टोलीले आपसमा २,२ पटक प्रतिस्पर्धा गर्नेछन् । नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ । माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपाल, माघ २३ गते नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछन् ।

माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित