९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ १४ गते सोमबारको तपाईँको राशिफल


१४ माघ २०८१, सोमबार  

366
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १४ गते सोमबार ।

तदनुसार २०२५ जनवरी २७, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५२ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४० बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लक्ष्यमा पुग्न सफल भइने छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले ठूलो सफलता मिल्नसक्ने देखिन्छ । फूर्तिका साथ जिम्मेवारी र दायित्व पूरा गर्ने दिन रहेको छ । सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । ज्ञान बढ्ने तथा दार्शनिक भावना जाग्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बढ्दो ऋणभार र खर्चबृद्धिले तनाव बढ्नेछ । सकेसम्म आफ्नो स्वास्थ्यका लागि समय व्यवस्थापन गर्नु उपयुक्त होला । विपरित परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । असहजताका बीचमा कामको चाप बढ्नेछ । स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । मनमा कुनै नविन कार्य गर्ने भावना जागृत हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाम्पत्य जीवन सुखमय रहनेछ । मिलनसार स्वभावको विकास हुनुका साथै उच्च पदस्थ व्यक्तिहरुसँग सम्बन्ध विस्तार हुनेछ । प्रविधिको प्रयोग गरेर अतिरिक्त लाभ लिन सकिनेछ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठिक होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विवाद, प्रतियोगिता वा प्रतिष्पर्धामा सरिक हुँदा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । यद्यपी, योजनाबद्ध तयारी गरे विजय तपाईँको पोल्टामा हुनेछ । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने योग रहेको छ । भविष्यको चिन्ताले सताउन सक्छ । कुनै विशेष काम गर्दै हुनुहुन्छ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्ने प्रयास गर्नुहोला । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतिक्षित अभिलाषा पूरा हुनेछ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनुका साथै पुस्तक, शिक्षाक्षेत्र, छापाखाना र कन्सल्टेन्सी जस्ता व्यवसायबाट लाभ लिन सकिने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरु सहज हुने देखिन्छ । परिवारका सदस्यसँग भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीको व्यवसायबाट फाइदा मिल्नेछ । शारीरिक अस्वस्थताले केही समय सताउन सक्छ, ख्याल गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक क्षेत्रको काम वा सार्वजनिक हितको बिषयमा सक्रिय हुने मानसिकता बन्नेछ । जीवनका विभिन्न आयाममा सन्तुलन राख्ने प्रयास गर्नुहोला । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मीसँग विचार विमर्श हुने देखिन्छ । कुनै कार्यक्रममा सहभागी हुन पाउनुका साथै रमाइलोमै आजको दिन वित्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सञ्चार, विज्ञापन वा मार्केटिङ तपाईँको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । अरुले दिएको नकारात्मक प्रतिक्रियालाई व्यवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिन उपयुक्त होला । घरपरिवारको सदस्यहरुसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्नेछ । स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनसाथि र परिवारका सदस्यहरुको पूर्ण सहयोग रहने छ । तपाईँको हठ र जिद्दि गर्ने बानी छ भने समस्या निम्तिन सक्छ । नयाँ कुरा जान्ने उत्सुकता बढ्नेछ । आलस्य नगरी लक्ष्यप्रति उन्मुख भएका उच्च सफलता हासिल गर्न सकिने छ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । शत्रुसँग आफैँ तर्किएर हिंड्नु उचित होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा त्रुटि वा कमजोरी हुनसक्छ, होसियार भएर गर्नुहोला । आफूले नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । प्रेम सम्बन्ध विश्वासको जगमा मात्र बलियो हुनेछ । कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहेनत गर्नुपर्ने दिन रहेको छ । आर्थिक दृष्टिले कमजोर दिन रहेकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु उचित होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतमा गरेको मिहेनत र लगनशीलताको पुरस्कार प्राप्त हुनेछ । बोनस वा अतिरिक्त आम्दानीको सम्भावना समेत रहेको छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने देखिन्छ । उच्च कोटीको पारिवारिक सुख मिल्नेछ । आजको केही समय घरपरिवार र आफन्तका लागि छुट्याउनु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
थप जिम्मेवारी र दायित्व बढ्ने समय रहेको छ । घरपरिवार वा आफन्तको काममा अलि बढी खट्नुपर्ने हुनसक्छ । भविष्य र व्यवसायप्रतिको चासो बढ्नेछ । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिनेछ । राजनीति वा समाजसेवा नै तपाईँको कार्यक्षेत्र हो भने पदप्रतिष्ठा र मानसम्मान मिल्ने देखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो