१८ फाल्गुन २०८१, आइतबार । March 3, 2025

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनः उपाध्यक्ष पदमा लोकराज भुसालको उम्मेदवारी किन ?



काठमाडौं । यहि माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ को सरगर्मि बढेको छ ।

विभिन्न पदका उम्मेदवारहरु आफ्नो जीत सुनिश्चित गर्न दौडधुपमा छन् । यस्तैमा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) का संस्थापक एवं पूर्वअध्यक्ष समेत रहेका लोकराज भुसाल समेत चुनावी प्रतिष्पर्धामा होमिएका छन् ।

उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका भुसालले परिषद्मा आवद्ध सबै प्राविधिक पेशाकर्मीहरुको हित, क्षमता विकास र पेशागत मर्यादालाई उच्च राख्दै नेपालका पशुपन्छि र मत्स्य क्षेत्रको विकासका लागि समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यस्ता छन् उपाध्यक्ष पदका उम्मेदवार भुसालका चुनावी एजेण्डा

१.पेशागत मर्यादा, दक्षता र सामाजिक सुरक्षाको सुनिश्चितता,

२. पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धि,

३. प्राविधिक क्षमता विकासमार्फत गुणस्तरीय र जवाफदेही सेवा प्रवाह,

४. सरोकारवालाबीच सहयोग र सहकार्यद्वारा मैत्रीपूर्ण वातावरणको सिर्जना,

५. काउन्सिललाई अन्तर्राष्ट्रिय मञ्च मान्यताको निम्ती

उपाध्यक्ष पदका उम्मेदवार भुसाल नेभ्लामा २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छन् । हाल उनी नेभ्लाको सल्लाहकार समेत हुन् ।

पेशाकर्मीहरुको ३५ बर्षको निरन्तर प्रयास र योगदानबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन लागू भएको र सोही ऐनका आधारमा परिषद् गठन भई यसको प्रभावकारी कार्यान्वयनका लागि तदर्थ समितिमा सदस्यको रुपमा आफुले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको भुसालको दाबी छ ।

साथै पशुसेवा क्षेत्रको समग्र विकास र समृद्धिको उद्देश्य पूरा गर्ने यात्रामा आफू सँधै तत्पर रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट

हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक सन्चालनमा

मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा आएको छ

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह

नेपाल आईपुगे इटालियन लेजेन्ड गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल

एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडरमा पूजा र कुँवर नियुक्त

रुपन्देही । नेपाली यू १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा