९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ १२ गते शनिबारको तपाईँको राशिफल


१२ माघ २०८१, शनिबार  

402
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १२ गते शनिबार ।

तदनुसार २०२५ जनवरी २५, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५३ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३९ मा हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गोप्य रुपमा गरिएको कामबाट धनार्जन गर्ने समय रहेको छ । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने देखिन्छ । स्वास्थ्यका लागि केही समय आराम गर्नु ठिक होला । खनिज पदार्थ र पुरातात्तिवक चिजबिजको व्यवसायबाट राम्रो फाइदा लिन सकिन्छ । भावना र इच्छाहरुको कदर हुँदैन र मन अशान्त बन्नसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति रहेको छ । उज्ज्वल भविष्य र राम्रो नतिजाका लागि अझ धेरै मिहेनत गर्नु उचित होला । सबैको सहयोग प्राप्त हुनाले कामबाट छिट्टै फुर्सद मिल्नेछ । प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्ने देखिन्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कुनै पुराना साथिसँग भेटघाटको अवसर मिल्नसक्छ । मानसिक उल्झन र चिन्ता बढ्ने देखिन्छ । बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नु उचित होला । शत्रु र विरोधिहरुसँग डटेर प्रतिष्पर्धा गर्ने समय रहेको छ । लेखन÷सम्पादन, पत्रकारिता,, वकालत, कृषिकार्य र व्यापार गर्नेका लागि आजको दिन राम्रो रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । पढाइप्रति दिलजस्पी जाग्नेछ । विज्ञानप्रविधिको क्षेत्र वा अनुसन्धान गर्ने छात्रछात्राहरूले राम्रो नतिजा पाउनसक्छन् । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामको चापबाट फुर्सद निकालेर केही समय घरपरिवार र सन्तानका लागि छुट्याउनु राम्रो होला । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । हाकिम वा आफूभन्दा माथिल्लो माथिल्लो तहको कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने देखिन्छ । आज गरिएको सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
इष्टमित्र र सँगीसाथीको साथ पाइने छ । परोपकारी र साहसी काम गर्ने सोच पलाउनेछ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय रहेको छ । बोली र व्यवहारको बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । प्रेमि वा जीवनसाथिको सुखदुःख एवं चाहना बुझि कार्य गर्ने प्रयास गर्नु उचित होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा विशेष ध्यान दिनुहोला । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ । थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बुद्धिकौशल र कुटनैतिक ज्ञानको प्रयोग गर्नाले कुनै महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजका बस्तुबाट फाइदा मिल्नेछ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला । नयाँ लगानी गर्ने सोच बनाउनुभएको छ भने सोच बिचार पुर्याएर कदम चाल्नुहोला । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउनु उचित होला । पठनपाठनमा बाधा र अवरोध हुने देखिन्छ । मनमा दिकदारी र चिन्ता बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय रहेको छ । कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने आजको प्रयास फलदायी हुनेछ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुनसक्छ । एकअर्काको भावना बुझेर चल्नुपर्ने दिन रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ । तपाईँको काम देखेर कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । काममा सक्दो खट्नुपर्ने दिन रहेको छ । मिहेनत गरेअनुसार राम्रो प्रतिफल पनि हात लाग्नेछ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, अन्यथा सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्ने देखिन्छ । इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित होला । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने हुनसक्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय रहेको छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो