२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित


१० माघ २०८१, बिहिबार  

252
Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४ को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

बिहीबार भएको सुपर ४ को खेलमा एपीएफले बागमती प्रदेशलाई १० विकेटको पराकिलो अन्तरले पराजित गरेको हो । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा बिना क्षति पूरा गर्यो । उसको जितमा ममता चौधरीले २३ र राजमती ऐरीले १४ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बागमतीलाई कम स्कोरमा रोक्न सुमन बिष्टले ३, बिन्दु बुढा र रेखा रावलले समान २ तथा कविता जोशीले एक विकेट लिए ।

समूह ए को विजेता बन्दै एपीएफ र उपविजेता बन्दै सुदूरपश्चिम प्रदेश तथा समूह बीको विजेता बन्दै त्रिभुवन आर्मी क्लब र उपविजेता बन्दै बागमती प्रदेश प्रतियोगिताको सुपर फोरमा पुगेका हुन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ