१ आश्विन २०८३, बिहिबार । September 18, 2026

यू १९ महिला विश्वकपः नेपालले आज अस्ट्रेलियाको सामना गर्दै, जित्नैपर्ने दबाब


९ माघ २०८१, बुधबार  

360
Shares

काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला विश्वकप अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल अस्ट्रेलियासँग खेल्दैछ ।

यो खेल मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । १६ वटा टोली सहभागी रहेको १९ वर्षमुनिको महिला विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।

यो समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । यसअघि दुई खेलमा पराजित नेपाललाई सुपर सिक्समा पुग्न आजको आफ्नो तेस्रो खेलमा जीत र आज बिहान हुने बङ्गलादेश र स्कटल्याण्डबीचको खेलको नतिजामा समेत भर पर्नेछ । अस्ट्रेलियासँग जीत र बङ्गलादेशले पनि स्कटल्याण्डलाई हराउन सकेमा नेपाल सुपर सिक्समा पुग्नेछ ।

समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बङ्गलादेश र स्कटल्यान्डको समान २–२ अङ्क छ । नेपाल अङ्कविहीन छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ