७ चैत्र २०८२, शनिबार । March 21, 2026

माघ ८ गते मंगलबारको तपाईँको राशिफल कस्तो छ ?



आज मिति २०८१ साल माघ महिनाको ८ गते मंगलबार ।

तदनुसार २०२५ जनवरी २१, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः३५ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कार्यक्षेत्रमा सफलता मिल्नेछ । काममा मात्रै भन्दापनि जीवनसाथी वा परिवारका लागि समय छुट्याउनु आवश्यक देखिन्छ । अहंकार, घमण्ड र जिद्दीपना बढ्ने देखिन्छ । सकभर आफ्नो क्रोधलाई कम गर्ने प्रयास गर्नुहोला । आफ्ना कुरा राख्न खोज्दा विवादमा फस्न सक्ने भएकले आजको दिन सकभर नबोलेको राम्रो होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
थोरै लाभका लागि धेरै मिहेनत गर्नुपर्ने हुनसक्छ । इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । अनावश्यक चिन्ता बढ्ने देखिन्छ । नियमित कामधन्दामा पनि खासै जाँगर नलाग्न सक्छ । सिर्जनात्मक क्रियाकलापमा सहभागी हुने योग रहेको छ । साहसी वा पराक्रमी काममा मन जानसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्नका लागि उत्तम समय रहेको छ । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । व्यक्तित्व विकासका लागि अवसर प्राप्त हुनसक्छ । कुनै नयाँ कुरा जान्ने वा तालिममा सहभागी हुने अवसर जुर्नसक्छ । जीवनसाथीसँग असन्तुष्टि र निराशाका बारेमा खुलस्त भन्नुहोला । अन्यथा सम्बन्धमा समस्या आउनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा भ्रम र चिन्ता सलबलाउने भएकाले सकेसम्म धैर्य र संयम हुनु राम्रो होला । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । कुनै महत्वपूर्ण निर्णय लिँदै हुनुहुन्छ भने आफुभन्दा अनुभवि वा जानकार व्यक्तिसँग सल्लाह लिएर मात्रै अघि बढ्नुहोला । साथिभाइसँग जमघटको अवसर मिल्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विद्धान व्यक्तिसँग निकटता बढ्ने देखिन्छ । आफुभन्दा जान्ने बुझ्नेको सहायता लिँदा नजानेर अड्किएको काम बन्नसक्छ । परिश्रम गरेअनुसारको प्रतिफल पनि पाइने छ । आन्तरिक उर्जा र मानसिक क्षमतालाई उपयोग गरि अघि बढ्दा कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सकिनेछ । सहकर्मीको काममा अलमलिँदा आफ्नो काममा बाधा पुग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानी बढ्नुका साथै फसेको ऋण वा उठ्नुपर्ने रकम हातलागी हुनसक्छ । स्थिर प्रयोजनको धनमा लगानी बढाउने उचित समय छ । बोली र व्यवहारले धेरैलाई आकर्षित गर्न सकिन्छ । कुनै काम दोहोर्याएर गर्नुपरेपनि नतिजा सकारात्मक देखिन्छ । प्रेमिका वा जीवनसाथिको खोजिमा हुनुहुन्छ भने त्यस्तो व्यक्तिसँग चिनजान वा भेटघाट हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यवस्थापकिय कमी कमजोरी हटाउन प्रयास गर्नुहोला । नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने कर्मचारी वा सहयोगीको सुझाव लिनु उचित होला । मनमस्तिष्क हलुका र उत्साहीत बन्नेछ । कामको चापबाट केही फुर्सद मिल्नुका साथै जीवनसाथिसँग कुनै सानोतिनो यात्रामा निस्कने योग रहेको छ । आफ्नो कमिकमजोरी पत्ता लगाएर अघि बढ्नु उपयुक्त होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पुराना समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ । आफ्नो कर्तव्य र जिम्मेवारी प्रति सचेत हुनुपर्ने देखिन्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटमा असहजता हुने तथा मन पिरोलिने हुनसक्छ । बढुवा हुने वा कुनै पुरस्कार पाउने योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भावना साटासाट गर्न पाइने तथा एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने देखिन्छ । प्रेमि वा जीवनसाथिबाट कुनै उपहार प्राप्त हुनेछ । परिश्रम र प्रयास गर्ने हौसला जाग्नेछ । नयाँ जिम्मेवारी वा दायित्व बहन गर्न पाइने छ । आम्दानीको स्रोतमा बढोत्तरी हुनुका साथै कुने नयाँ कारोबारप्रति आकर्षण हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेम सम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय रहेको छ । परिक्षाको तयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै पारम्पारिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउन सकिनेछ । योजना अनुरुपको आफ्नो नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । परिश्रम र मिहेनत गरेअनुसार सफलता मिल्नेछ । धार्मिक वा आध्यात्मिक बिषयको जानकारी हासिल गर्ने उत्सुकता बढ्नेछ । थोरै प्रयास गर्दा नचिताएको सफलता हात पर्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जीवनसाथिसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ । परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने देखिन्छ । मनमा वैराग्य जाग्ने र एकोहोरोपना बढ्नसक्छ । सरल व्यवहार र सादा जीवनशैलीलाई अनुसरण गर्नु उचित होला । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने देखिन्छ । पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्दा सफलता मिल्नेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो