९ माघ २०८१, बुधबार । January 22, 2025

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी तथा जीबी राईका व्यवसायीक साझेदार छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यू-१९ महिला विश्वकपः अस्ट्रेलियाले नेपाललाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट अन्तर्गत

तोलामा १ लाख ६० हजार पुग्यो सुनको भाउ

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको

यू–१९ महिला विश्वकपः टस हारेर अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकपअन्तर्गत

यू १९ महिला विश्वकपः नेपालले आज अस्ट्रेलियाको सामना गर्दै, जित्नैपर्ने दबाब

काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला विश्वकप अन्तर्गत

सहकारी ठगी प्रकरणः रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र