२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

खो-खो विश्वकपः फाइनल खेल आज, नेपालको दुवै टोली आयोजक भारसँग भिड्दै


६ माघ २०८१, आइतबार  

1.6k
Shares

काठमाडौं । खो–खो विश्वकपको उपाधिका लागि आज नेपालको महिला र पुरुष टोलीले आज आयोजक भारतसँग खेल्दैछन् ।

पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे शुरु हुनेछ । खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ । शनिबार भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरान र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

नेपालको पुरुष टोली उद्घाटन खेलमा भारतसँग पराजित भएको थियो । महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो । नेपालको महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्‍यो ।

त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६–१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ