९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ ६ गतेको तपाईँको राशिफल कस्तो छ ?


६ माघ २०८१, आइतबार  

378
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल माघ महिनाको ६ गते ।

तदनुसार २०२५ जनवरी १९, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शारीरिक थकान र बेचैनीले मनमा चिन्ता बढ्नेछ । सहयोगी साथिहरु र परिवारका सदस्यहरुले तपाईँको कुरा नबुझिदिँदा दिक्क लाग्नसक्छ । रिस र आवेगमा नियन्त्रण गर्नुनै बुद्धिमता सावित हुनेछ । एकान्तमा बस्न पाउने तथा दुःखसुख साटासाट गरी आत्मिक आनन्दमा रमाउने दिन रहेको छ । तपाईँको हठ र जिद्दिपनाले सम्बन्धमा समस्या देखिनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा केही समय व्यतित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउनेछ । शरीर स्वस्थ रहेपनि चिन्ता बढ्नेछ । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ । कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिनेछ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो । सामाजिक काम वा सँगीसाथिका कारण आफ्नो दैनिक काममा केही बाधा पुग्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नु उचित होला । केही दिनमै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि बढ्नेछ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ कुरा जान्ने उत्सुकता बढ्नेछ । आलस्य नगरी लक्ष्यप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । खुसी र प्रसन्नताको सीमा हुनेछैन् । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर, रिसराग, घमण्ड र अहंकारबाट टाढा रहनु ठीक हुन्छ । मिहेनतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्चमा अचानक बृद्धि हुने योग छ । जोखिम मोलेर कुनै पनि काम नगुर्नहोला । कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति बन्नसक्छ । सुखसुविधाका सामग्रीप्रति आकर्षण बढ्नेछ । आर्थिक पक्ष बाधक बन्ने समय रहेकाले ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अर्काको सहयोगको लागि केही समय प्रदान गर्नुपर्ने हुनसक्छ । प्रयास गरेमा अड्किएको वा फसेको धन हात पर्नेछ । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुनेछ । पुराना सहकर्मीसँगको भेटले मनलाई ताजा बनाउनेछ । आन्तरिक सम्बन्ध सुदृढ हुने वा एकआपसमा राम्रो समझदारी कायम हुने दिन रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चाहेको जिम्मेवारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग रहेको छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्नेछ । जीवनसाथिको चाहनाअनुसार समय निकाल्न सकिदैन । अनावश्यक तनावले मनलाई अस्थिर बनाउनसक्छ । अदभूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रो दिन छ । आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सञ्चार, विज्ञापन वा मार्केटिङ जस्ता कारोबारमा सफलता मिल्नेछ । अरुका नकारात्मक कुरालाई व्यवास्था गर्दै आफ्नो काममा ध्यान दिनु उचित होला । थोरै मात्र प्रयास गरेमा आम्दानीको मार्ग बढाउन सकिनेछ । ज्ञानको भण्डार पूर्ण हुने वा दार्शनिक भावना जाग्ने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिस्थिति विपक्षमा रहेकाले कुनै पनि नयाँ निणर्य लिनु उचित नहोला । व्यवस्थापन पक्ष र कामदारका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । सानातिना काममा अलमलिँदै दिन बित्नसक्छ । आगो र हातहतियारको प्रयोग गर्दा निकै सचेत रहनुहोला । सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर अघि बढ्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको केही समय आफन्त र घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ । आफ्नो कुरा सुनाउने भन्दापनि जीवनसाथिको भावना बुझ्ने प्रयास गर्नुहोला । स्वभावमा क्रुरता र कडापन देखिने छ । परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरुमा संयम रहनुहोला ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो