११ असार २०८३, बिहिबार । June 25, 2026

यू-१९ महिला विश्वकपः नेपालको खराब ब्याटिङ प्रदर्शन, बंगलादेशले पायो ५३ रनको लक्ष्य


५ माघ २०८१, शनिबार  

93
Shares

काठमाडौं । मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा जारी यू–१९ महिला विश्वकप क्रिकेटमा बङ्गलादेशसामु नेपालले ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८ दशमलव २ ओभरमा ५२ रन बनाउँदै अलआउट हुन पुग्यो । बङ्गलादेशको कसिलो बलिङमा नेपालको ब्याट चल्न सकेन । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बङ्गलादेशका लागि भने जन्नतुल माउआले २ तथा सुमैया अख्तर सुवर्णाले र निशिता अख्तर निशीले १–१ विकेट लिइन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर