९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ ३ गते बिहीबारको तपाईँको राशिफल कस्तो छ ?


३ माघ २०८१, बिहिबार  

660
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल माघ ३ गते बिहीबार ।

तदनुसार २०२५ जनवरी १६, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमिकासँग भेटघाट एवं गफगाफ गर्ने मौका मिल्नेछ । धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ होला । काममा हतार गर्दा क्षति व्यहोर्नुपर्ने हुनसक्छ । बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक वातावरण राम्रो देखिनुका साथै विभिन्न कुराको लाभ पाउने समय रहेको छ । कुनै समस्यामा हुनुहुन्छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । कामधन्दालाई पर सारेर केही समय विश्राम लिँदा राम्रो होला । सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु उचित होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कडा परिश्रमले उत्कृष्ट नतिजा प्राप्त गर्न सकिनेछ । सहकर्मीहरुले तपाईँको क्षमतामाथि विश्वास गर्न थाल्नेछन् । साथिभाइसँग रमाउन खोज्दा आपसी समन्वय विग्रन सक्ने भएकाले सचेत रहनुहोला । सञ्चारमाध्यमबाट खुसी मिल्ने समाचार प्राप्त हुनेछ । बृ्द्धि र विवेकको सही प्रयोग गर्दा आँटेको काम बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार व्यवसायबाट राम्रो फाइदा लिन सकिनेछ । वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुनसक्छ । सुखसुविधाको बृद्धिका लागि विभिन्न सामग्रीको किनमेल गरिने हुनाले खर्च बढ्ने योग छ । बोली र व्यवहारमा नम्रता अपनाउनु उचित होला । मिहेनत र बुद्धिकौशलको प्रयोग गर्दा नसोचेको काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिहेनत र लगनशीलतालाई जारी राख्नु ठीक हुन्छ । भविष्यसँग सम्बन्धित बिषयहरुमा थप जोड दिने समय हो । मनले चिताएका कामहरु सहजै सम्पन्न हुनेछन् । हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यक्तिगत समस्याका कारण काममा बाधा पुग्नेछ । कामको चाप बढ्नुका साथै सहयोगी कर्मचारी र हाकिम रुष्ट हुनसक्छन् । काममा छलछाम वा हेलचक्र्याइँ नगुर्नहोला । पतिपत्निको विश्वास जित्न सकेमा मात्रै प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अर्काको सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुखमा अभिबृद्धि हुने तथा सन्तानबाट सन्तोष मिल्ने समय छ । ज्ञान र अनुभवको प्रयोग गरी कुनै महत्वपूर्ण बिषयमा लाभ लिन सकिनेछ । व्यक्तित्व विकास र भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनेछ । लक्ष्यप्रति गम्भिर बन्नु होला, अन्यथा नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिबन्द र बाध्यतामा अलमलिनुपर्ने समय रहेको छ । आपसी समन्वय र तालमेल कायम रहने भएकाले प्रेम सम्बन्ध सुमधुरनै देखिन्छ । महत्वपूर्ण व्यक्तिसँग भेटघाट हुनसक्ने देखिन्छ । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जनकल्याण र परोपकारको भावना विकसित हुनेछ । कुनै पुरानो मन्दिर वा स्मारकको भ्रमण हुनसक्छ । साझेदारीको कामबाट फाइदा मिल्नुका साथै धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ । नियमकानूनको पालना गर्नु उचित होला । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक बिषयमा रुचि बढ्नसक्छ । कडा मिहेनत गरी नसुल्झिएको समस्यालाई हल गर्न सकिनेछ । स्वास्थ्यस्थिति कमजोर देखिने भएकाले विशेष ध्यान दिनुहोला । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथिको भावना बुझ्ने प्रयास गर्नुहोला । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लक्ष्य प्राप्त गर्न कडा मिहेनत गर्नुपर्नेछ । भावनात्मक कुरामा भुलिने हुँदा कुनै महत्वपूर्ण काममा कमजोरी देखिने डर छ । पुराना साथिभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । जीवनसाथिको भावना र इच्छाहरुलाई ख्याल राख्नु उचित होला । अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तित्व विकासका निमित्त राम्रो अवसर मिल्नेछ । तोकिएको काम समयमै सम्पन्न हुनुका साथै थप आयआर्जनका लागि मन उत्साहित हुनेछ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यसायले राम्रो प्रतिफल दिनेछ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुने देखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो