२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यू-१९ महिला विश्वकपः दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित


२ माघ २०८१, बुधबार  

231
Shares

काठमाडौं । आईसीसी यू १९ महिला विश्वकप अघिको अभ्यास खेलमा नेपाल दुवै खेलमा पराजित भएको छ ।

बुधबार मलेसियामा अमेरिकासँग नेपालले ५ विकेटको हार ब्यहोरेको हो। यसअघि नेपाल सोमबार भएको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो। बुधबारबार भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो।

नेपालका लागि सना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन्। बलिङमा अमेरिकाका ६ ब्याटरले एक एक विकेट लिएका थिए। अमेरिकाले नेपालविरूद्ध नौ बलरलाई बलिङ गरायो। ५९ रनको लक्ष्य अमेरिकाले ५ विकेटको क्षतिमा १४ ओभरमा पूरा गर्‍यो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर ६ मा पुग्ने लक्ष्य बनाएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ