२८ पुस २०८२, सोमबार । January 12, 2026

यू-१९ महिला विश्वकपः दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित



काठमाडौं । आईसीसी यू १९ महिला विश्वकप अघिको अभ्यास खेलमा नेपाल दुवै खेलमा पराजित भएको छ ।

बुधबार मलेसियामा अमेरिकासँग नेपालले ५ विकेटको हार ब्यहोरेको हो। यसअघि नेपाल सोमबार भएको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो। बुधबारबार भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो।

नेपालका लागि सना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन्। बलिङमा अमेरिकाका ६ ब्याटरले एक एक विकेट लिएका थिए। अमेरिकाले नेपालविरूद्ध नौ बलरलाई बलिङ गरायो। ५९ रनको लक्ष्य अमेरिकाले ५ विकेटको क्षतिमा १४ ओभरमा पूरा गर्‍यो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर ६ मा पुग्ने लक्ष्य बनाएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले