२८ पुस २०८२, सोमबार । January 12, 2026

जय ट्रफी क्रिकेटको फाइनल आजबाट, आर्मी र पुलिस भिड्दै



काठमाडौं । जय ट्रफी बहुदिवसीय एलिट कप क्रिकेटको फाइनल खेल आजबाट सुरु हुँदैछ ।

उपाधिका लागि दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन्। वीरगञ्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलको फाइनल तीन दिवसीय हुनेछ। लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएका थिए।

पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित आत्मसात गरेको थियो। लिगचरणबाट बागमती र मधेश प्रदेश बाहिरिएका थिए। लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो। त्यस्तै आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराउँन सफल भयो।

आरिफ शेखको कप्तानीमा रहेको पुलिसले लतिननारायण राजवंशी, कुशल भुर्तेल, अर्जुन साउद, गुल्शनकुमार झा, अमीत श्रेष्ठ लगायत खेलाडीको राम्रो साथ पाएको छ।

त्यस्तै, विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई शाहब आलम, बसिर अहमद, सोमपाल कामी, इम्रान, भीम सार्की जस्ता खेलाडीहरुको साथ रहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले