२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जय ट्रफी क्रिकेटको फाइनल आजबाट, आर्मी र पुलिस भिड्दै


१ माघ २०८१, मंगलबार  

324
Shares

काठमाडौं । जय ट्रफी बहुदिवसीय एलिट कप क्रिकेटको फाइनल खेल आजबाट सुरु हुँदैछ ।

उपाधिका लागि दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन्। वीरगञ्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलको फाइनल तीन दिवसीय हुनेछ। लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएका थिए।

पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित आत्मसात गरेको थियो। लिगचरणबाट बागमती र मधेश प्रदेश बाहिरिएका थिए। लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो। त्यस्तै आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराउँन सफल भयो।

आरिफ शेखको कप्तानीमा रहेको पुलिसले लतिननारायण राजवंशी, कुशल भुर्तेल, अर्जुन साउद, गुल्शनकुमार झा, अमीत श्रेष्ठ लगायत खेलाडीको राम्रो साथ पाएको छ।

त्यस्तै, विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई शाहब आलम, बसिर अहमद, सोमपाल कामी, इम्रान, भीम सार्की जस्ता खेलाडीहरुको साथ रहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ